आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल खेल्ने अन्तिम टोली घोषणा

 


काठमाडौं, ११ कात्तिक । घरेलु टोली तथा उपाधिको प्रमुख दाबेदार नेपालले सोमबार देखी सुरु हुने आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल खेल्ने अन्तिम टोली घोषणा गरेको छ । घोषणा टोलीमा नेपालका स्पिनर सन्दीप लामिछाने टोलीमा छन् ।सन्दीपले परिवारलाई समय दिने भन्दै त्रिकोणात्मक टि२० आई सिरिज खेलेका थिएनन् । त्यसैको कारण उनले हङकङ र युएईसँग त्रिकोणात्मक टि२० आई सिरिज गुमाएका थिए । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ ।

समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

सन्दीप आउँदा नेपालको स्पिन आक्रामण मजबुत हुनेछ । सन्दीप विना नेपालले त्रिकोणात्मक सिरिजमा लिगमा युएई र हङकङ दुबैलाई लिगमा हराएको थियो । तर फाइनलमा भने नेपाल युएईसँग चार विकेटले पराजित भएको थियो ।
स्पिनर सन्दीप लामिछाने र ललित नारायण राजवंशी प्रमुख हतियार हुन् । यी दुई स्पिनरमा दीपेन्द्र र कुशल मल्लले साथ दिनेछन् । पार्टटाइममा रोहित पौडेल र कुशल भुर्तेल पनि विकल्प हुन सक्छन् ।

सन्दीपलाई गतवर्ष भदौमा १७ वर्षीय एक बालिकालाई बलात्कार गरेको गम्भीर आरोप लागेको थियो । त्यसैको कारण उनले ९९ हिरासतमा बिताउनु परेको थियो ।
उच्च अदालत पाटनले उनलाई धरौटीमा छाड्न आदेश दिएपछि फागुन देखी नेपाली टोलीमा फर्किएका थिए । उक्त मुद्धाको अन्तिम फैसला अझै हुन सकेको छैन । सन्दीप पेशी जिल्ला अदालत काठमाडौंमा जारी छ । उनी लगातार पेशी सार्दै नेपाली टोलीबाट खेल्दै आएका छन् ।

नेपालले अन्य खेलाडी भने परिवर्तन गरेको छैन । अन्तिम १५ मा विकेटकिपर विनोद भण्डारी र विवेक यादवले स्थान बनाएका छन् । त्रिकोणात्मक सिरिजमा भएका सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल बाहिरिएका छन् ।

आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखी २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् ।
फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् । नेपाल उपाधिको प्रमुख दाबेदार टोली हो । नेपाल २०१४ पछि पहिलो पटक टि२० विश्वकप खेल्ने सोचमा हुनेछ ।

नेपालको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, प्रतिश जि.सी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन ।
यसैगरी, आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट फाइनलको लागि नेपाली टोलीबाट चार खेलाडी बाहिरिएका छन् । नेपालले विश्वकप छनोट खेल्ने १५ सदस्य टोली घोषणा गर्दा चार खेलाडी बाहिरिएका हुन् ।

त्रिकोणात्मक टि२० आई सिरिजबाट स्पिनर सूर्य तामाङ, श्याम ढकाल, सागर ढकाल र युवा ब्याटर लोकेश बम बाहिरिएका हुन् । श्याम ढकालले त्रिकोणात्मक सिरिजमा मुलपानीमा युएईविरुद्ध डेब्यू गरेका थिए ।
उनले युएई र हङकङसँग खेल्ने अवसर पाएका थिए । सन्दीप लामिछाने नहुँदा लेग स्पिनरको रुपमा उनलाई नेपालले टोलीमा समेटेको थियो ।
तर सन्दीप फर्किएपछि उनले स्थान बनाउन नसकेका हुन् । त्यस्तै युवा ब्याटर लोकेश बम पनि टोलीबाट बाहिरिएका छन् । त्रिकोणात्मक सिरिजमा टोलीमा रहेपनि खेल्ने अवसर पाएका थिएनन् ।

उनलाई नेपालले प्रशिक्षणमा किपिङमा समेत अभ्यास गराएको थियो । नेपालले अन्तिम १५ मा विनोद भण्डारीलाई राख्ने निर्णय लिँदा लोकेश बाहिरिएका हुन् ।
सूर्य र सागरको भने टोलीमा स्थान बन्न सकेन । नेपालका दुई प्रमुख स्पिनर सन्दीप र ललित नारायण राजवंशी टोलीमा हुँदा उनीहरुको अन्तिम १५ मा स्थान बन्न नसकेको हो । आइसिसी टि२० विश्वकप एसिया क्षेत्र छनोट कार्तिक १३ देखि २० गते सम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदैछ । समूह ए मा नेपाल, सिंगापुर, ओमान र मलेसिया छन् । समूह बी मा युएई, बहराइन, हङकङ र कुवेत छन् । फाइनलमा पुग्ने दुई टोलीले आगमी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकप खेल्न पाउनेछन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्