‘नेताहरुले आफ्नालागि महल खडा गरे’

काठमाडौं, ११ कात्तिक । राजनीतिक दलहरुले नेपालीहरूको सुनौलो भविष्य भन्थे, त्यो सुनौलो भविष्य भनेको त आफ्ना छोराहरूलाई सुन ल्याउनका लागि सुनौलो भनेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आरोप लगाएका छन । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीहरूको सुनौलो भविष्य भन्ने दल र नेताहरुले आफ्ना मानिसका लागि सुनैसुनको महल खडा गरेको बताएका छन ।

सभापति लामिछानेले २०८४ मा सबै राजनीतिक दलहरुलाई पराजित गर्ने बताएका छन् । उनले नयाँ दलका रूपमा २१ जना सांसद सदनमा आएको तर कुनै पनि राजनीतिक दलहरूले जनताका लागि काम नगरेको बताए । दिनदहाडै हत्या गर्नेहरूलाई संविधान दिवसका दिनमा मुक्ति दिएर नयाँ दल र जनतालाई के गर्न सक्छौं गर भन्ने चुनौती दिएको उनले बताए ।

उनले आउने चुनावमा कुनै पनि दललाई एक सिट पनि जित्न नदिने बताए ।’हाम्रो आँखैअगाडि नयाँ दलका रूपमा २१ जना सांसद सदनमा आएका छन् । स्थानीय तहमा एकसेएक होनहार मानिस आएका छन् । तैपनि दिनदहाडै मान्छे काट्नेलाई संविधान दिवसका दिनमा मुक्ति दिएर ’ल के गर्न सक्छौ, आएर ?’ भनेर हामीलाई ठाडै चुनौती दिए । यस्त कयौं बेथितिका चुनौती दिएका छन्,’ उनले भने ।

लामिछानेले थप भने, ’भ्रष्टाचारका फाइल खोल्ने भने तर तर्सिएर बन्द गरेका छन् । तपाईंहरूको आवाज त्यति सुनिएन भनेर कहिलेकाहीँ केही मानिसले हामीलाई भन्नुहुन्छ । चर्को बोल्नुपर्छ भन्नुहुन्छ । केमा दिने, कति दह्रो बोल्ने, के भन्ने ? अब ठूलो स्वर गर्ने, दबाब दिने होइन, २०८४ मा एकैपटक बाइबाइ गर्ने, एउटा सिट पनि नदिने । ख्याल गर्नुहोला । एक–दुई सिट दिनुपर्छ, पुराना पार्टी हुन् भन्ने लाग्छ भने के तपाईं थप वाइडबडीमा भ्रष्टाचार भएको हेर्न चाहनुहुन्छ ? नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेचेको अझै हेर्न चाहनुहुन्छ ?

 

प्रतिक्रिया दिनुहोस्