झी बर्यानी पुचःको आयोजनामा रक्तदान कार्यक्रम

काठमाडौं, असोज । रगत आपूर्ति र बितरणमा भईरहेको बेमेललाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान गर्न÷गराउन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै गोदावरी नगरपालिका अन्तर्गत वडा नम्बर १४ स्थित लाक्षी टोलमा एक बिशेष सम्मान तथा रक्तदान कार्यक्रम एवं ५ किलोमिटर सडक दौड प्रतियोगिताको समेत आयोजना गरि दशैंको उपलक्ष्यमा शुभकामना आदानप्रदान गरि समापन गरिएको छ ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्“ र “राष्ट्रिय रक्त नायक“बाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनलाई रक्त संकलन थैली हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।
झी बर्यानी पुचःको आयोजनामा आयोजित सो कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा २६ जनाले रक्तदान गर्नुभएको सोहि कार्यक्रममा सडक दौड प्रतियोगितामा बिजय हुनुभएका खेलाडीहरूलाई पुरस्कार पनि बितरण गर्नुभएको थियोे ।

पुचःका अध्यक्ष निरोज महर्जनको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा बिशेष अतिथि गोदावरी नगरपालिकाकी उपप्रमुख मुना अधिकारी र अतिथिमा १४ नम्बर वडाका वडाध्यक्ष निरोज बज्राचार्य हुनुहुन्थ्यो । पुचःका अध्यक्ष एवं कार्यक्रमका सभापतिले नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्“ र “राष्ट्रिय रक्त नायक“बाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई बुध्दको प्रतिमा मायाको चिनो स्वरूप प्रदान गर्नुभएको थियो ।

यसैगरी, गत आपूर्ति र बितरणमा भईरहेको बेमेललाई न्यूनीकरण गर्न नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान गर्न÷गराउन गरिएको आह्वानलाई सार्थक तुल्याउँदै आज चाबहिल र जमलमा दुई छुट्टाछुट्टै रक्तदान कार्यक्रमको आयोजना गरियो । दुबै कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्“ र “राष्ट्रिय रक्त नायक“बाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यको प्रमुख उपस्थिति रहेको थियो ।

नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्र“ र “राष्ट्रिय रक्त नायक“बाट बिभूषित प्रेमसागर कर्माचार्यको प्रमुख आतिथ्यतामा जमल स्थित सिध्दिभवनमा सिटिजन लाईफ ईन्स्योरेन्स कम्पनीको छैठौं बार्षिकोत्सबको उपलक्ष्यमा आयोजित बिशेष रक्तदान कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक श्री दिपबहादुर बि.सि. समेत सो कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ३६ जनाले रक्तदान गर्नुभएको थियो । सोहि कम्पनीको आयोजनामा पोखरा,बुटवल, धनगढी र काठमाडौं समेत गरि जम्मा १५५ जनाले रक्तदान गर्नुभएको थियोे ।

त्यसैगरि उपासना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र ओम गल्स होस्तेलद्वारा संयुक्तरूपमा चाबहिल स्थित कार्यालय प्राङ्गणमा आयोजित रक्तदान कार्यक्रममा ओम अस्पतालका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता र नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्“ र “राष्ट्रिय रक्त नायक“ बिभूषणबाट बिभूषित स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष आतिथ्यता रहेको कार्यक्रमको संयोजन मुक्तिसुन्दर जधारीले गर्नुभएको थियो । रक्त संकलन थैली हस्तान्तरण गरि शुरू गरिएको सो कार्यक्रममा अतिथिहरू क्रमशः टंककहादुर श्रेष्ठ,सूर्यकुमारी श्रेष्ठ र संस्थाका अध्यक्ष रोशन भयोद्यः हुनुभएको उक्त कार्यक्रममा जम्मा २३ जनाले रक्तदान गर्नुभएको थियो ।

छुट्टाछुट्टै आयोजित उक्त दुबै कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं “रक्तदाता सम्राट्र“ र “राष्ट्रिय रक्त नायक“ बिभूषणबाट बिभूषित प्रेमसागर कर्माचार्यले स्वयंसेवी रक्तदाताहरूलाई प्रशंसा–पत्र बितरण गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्