रक्तदाता सम्राट् तथा राष्ट्रिय रक्तनायक प्रेमसागर कर्माचार्यलाई सम्मान

ललितपुर,  २८ असोज  । अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साताैं वार्षिक साधारणसभा दे थकाली श्री जीतलाल  महर्जनज्यूकाे प्रमुख आतिथ्यतामा स्थानीय बुद्ध पार्टी प्यालेस थसिमा आयाेजना गरि सम्पन्न गरेको छ ।

प्रमुख अतिथिद्वारा पानसमा दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको साताैं साधारणसभामा नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालैमात्र “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्तनायक”बाट बिभूषित सर्वाधिक स्वयंसेवी  रक्तदाता प्रेमसागर कर्माचार्य विशेष अतिथि रहनुभएकाे थियोे ।

साधारणसभालाई संस्थाका उपाध्यक्ष राज महर्जनले स्वागत मन्तब्य दिनुभएको कार्यक्रममा अतिथिहरू क्रमशः सिटिजन लाईफ ईन्स्याेरेन्सका सि.ई.ओ. सुनिल पाेखरेल,सिकाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष तीर्थराम डंगोल,पञ्चशील बहुउद्देश्यीय सहकारी संस्थाका सि.ई.ओ.राजु खतिवडा,राष्ट्रिय सहकारी बैंक,न्यूरोड शाखा प्रमुख रमा घिमिरे र महालक्ष्मी नगरपालिका सहकारी शाखा प्रमुख उर्मिला ढकाल रहनुभएकाे साे साधारणसभाकाे सभापतित्व संस्थाका अध्यक्ष किशोर महर्जनले गर्नुभएको थियो ।

अभिवादन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साताैं वार्षिकोत्सबदेखि समाज सेवाकाे क्षेत्रमा बिशेष याेगदान पुय्राउनु हुने एकजना व्यक्तिलाई सम्मान तथा नगद पुरस्कार प्रदान गर्ने निर्णय अनुसार प्रथम पटक नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं हालैमात्र “रक्तदाता सम्राट्” र “राष्ट्रिय रक्तनायक”बाट बिभूषित सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यलाई संस्थाका अध्यक्ष किशाेर महर्जनले दाेसल्ला ओढाई सम्मान-पत्र प्रदान गरि सार्वजनिक सम्मान गर्नुका साथै रू. २५०००/-(पच्चीस हजार रूपैञा)काे नगद पुरस्कार स्वरूप डमी चेक उपलब्ध गराईदिनु भएको थियोे ।

साथै सम्मानित एवं पुरस्कृत कर्माचार्यले मन्तब्यकाे क्रममा आफूलाई प्रदान गरेकाे उक्त धनराशि नेपाल स्वयंसेवी रक्तदाता समाजकाे रक्तदाता उत्प्रेरणा गतिविधिमा प्रयोग गर्नेगरि संस्थालाई प्रदान गर्ने घाेषणा पनि गर्नु भयो ।

उपस्थित सदस्यहरू लगायत शेयरधनीहरूका साथै आमन्त्रित पाहुनाहरूकाे मनाेरञ्जनकाे लागि स्थानीय माैलिक तथा ऐतिहासिक पक्ष झल्कने गरि लाखे नाच,धिमे बादनका साथै साँस्कृतिक पहिरणमा गीतहरू,नृत्यहरू र भजनहरू प्रस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्