सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका ल्याउने तयारी

काठमाडौँ, २२ असोज । सामाजिक सञ्जाललाई नियमन र व्यवस्थापन गर्न सरकारले ‘सामाजिक सञ्जाल व्यवस्थापन निर्देशिका’ छिट्टै ल्याउने तयारी गरिरहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन ।  प्रेस काउन्सिल नेपालले पत्रकार महिलालाई लक्षित गरी सोमबारदेखि सुरु गरेको तीन दिने ‘एड्भान्स पत्रकारिता तालिम’को सुरुवात गर्दै मन्त्री शर्माले सामाजिक सञ्जालमा सद्भाव खलबलिने किसिमको समाचार नलेख्न आग्रह गरेकी छन ।मन्त्री शर्माले तालिमले पत्रकार महिलाको क्षमता अभिवृद्धिमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरिन ।
उनले भनिन् ‘एकाउन्न प्रतिशत महिला रहेको देशमा पत्रकारिता क्षेत्रमा आबद्ध महिलालाई सक्षम बनाउन जरुरी छ ।’ उनले महत्वपूर्ण ‘विट’मा पत्रकार महिलाको सहभागिता बढाउनसमेत आग्रह गरिन । मन्त्री शर्माले बागमती प्रदेशसँगै अन्य प्रदेशमा पनि यस प्रकारका तालिम सञ्चालन गर्न प्रेस काउन्सिललाई अनुरोध गरिन ।सो अवसरमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले पत्रकार महिलालाई लक्षित गरी प्रविधि क्षमता वृद्धि गर्न तालिम सञ्चालन गरेको बताए । उनले समावेशी पत्रकारिता बनाउनका लागि महिलालाई सक्षम, सबल र दक्ष बनाउन यस तालिमले सहयोग पु¥याउनेमा विश्वास व्यक्त गरे ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार महिलालाई विस्थापित हुनबाट बचाउन प्रविधिमा सक्षम बनाउने उद्देश्यले तालिम सञ्चालन गरेको जानकारी दिए । उनले भने, ‘नेपाली पत्रकारितामा महिलाको सङ्ख्या २१ प्रतिशत रहेको र यो सङ्ख्या बढाउन तालिमले सहयोग पु¥याउनेछ ।’ पत्रकार महिलाको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रेस काउन्सिल नेपालले तालिम सञ्चालन गरेको हो । असोज २४ गतेसम्म सञ्चालन हुने तालिममा बागमती प्रदेशका २० महिला पत्रकार सहभागी छन् ।
यसैगरी,  मन्त्री शर्माले हुलाक सेवालाई पुनःसंरचना गर्ने क्रममा चालु आर्थिक वर्षबाट नै ‘एक पालिका, एक हुलाक’ अवधारणा कार्यान्वयन गर्ने सरकारको कार्यक्रम रहेको बताएकी छन । विश्व हुलाक सेवा दिवसका अवसरमा सोमबार डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री शर्माले सूचना प्रविधि र यातायातको विकास नभएको अवस्थामा जनतालाई हुलाक सेवाको पहुँच पु¥याउने गरी सूचना प्रविधिसँग जोड्दै सङ्घीय शासन प्रणालीबमोजिम पुनःसंरचना गर्न लागिएको बताइन । ‘आवश्यक सार्वजनिक सेवाका रुपमा रहेको हुलाक सेवामुखी भावनाले सञ्चालन हुँदै आएको छ ।
मुलुकभर आफ्नो सेवा प्रवाह रहे पनि परम्परागतरुपमा अब हुलाक सेवा प्रभावकारी बनाउन सकिने अवस्था छैन’, मन्त्री शर्माले भनिन् ‘यसमा व्यापक सुधार ल्याउन सेवा प्रवाहलाई आधुनिक, भरपर्दाे र प्रतिस्पर्धी बनाउने सरकारको लक्ष्य छ ।’
मन्त्री शर्माले हुलाक सेवामा प्रविधि, भौतिक पूर्वाधार र सङ्गठनात्मक पुनःसंरचनामसहित कार्यरत कर्मचारीको क्षमता विकाससहित सरोकारवालाबीच समन्वय गरी हुलाक सेवाको विश्वव्यापी सञ्चालनमा नेपाललाई थप सक्रिय सदस्य राष्ट्रका रुपमा उभ्याउन राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा सहकार्य बढाउने प्रतिबद्धता पनि व्यक्त गरिन । सो अवसरमा मन्त्रालयका सचिव कृष्णबहादुर राउतले समयसापेक्षितरुपमा हुलाक सेवालाई प्रभावकारी, विश्वसनीय र आधुनिक प्रविधियुक्त बनाउन सरकारका तर्फबाट आवश्यक सहजीकरण गरिने विश्वास व्यक्त गरेका छन ।
हुलाक सेवा विभागका महानिर्र्देशक प्रदीपराज अधिकारीले परम्परागतरुपमा हुलाक सेवा सञ्चालन हुन नसक्ने अवस्थालाई ध्यान दिइ पुनःसंरचना र समयसापेक्षतामा अग्रसर हुन आफूहरु तत्पर रहेको बताए । कार्यक्रममा हुलाक सेवामा योगदान दिने व्यक्ति र दीर्घसेवी कर्मचारीलाई सम्मान गरिएको थियो । यस वर्षको दिवसको नारा ‘विश्वासका लागि एकसाथ’ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्