कुमारी क्यापिटल पनि अब एनपिएसमा आबद्ध

Kumari Capital - NPS

कुमारी क्यपिटल पनि अब नेशनल पेमेन्ट स्वीच (एनपिएस) मा आबद्ध भएको छ।

क्यपिटलले भुक्तानीसम्बन्धी कारोबारहरूलाई नेपाल क्लियरिङ हाउस (एनसिएचएल) को भुक्तानी प्रणालीहरू प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीच (एनपिएस) मा आबद्ध भएको हो ।

यसका लागि कुमारी क्यपिटलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मा र एनसिएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

उक्त सम्झौतापछि क्यापिटलका आन्तरिक प्रणालीलाई एनसिएचएलको नेशनल पेमेन्ट इन्टरफेस (एनपिआई) सँग जोडी विभिन्न भुक्तानी तथा लगानी प्राप्त गर्ने कारोबारहरू गर्न सक्ने साथै क्यापिटलका डिभिडेण्ड भुक्तानी, तलब, भेण्डर भुक्तानी, लगायतका भुक्तानी सम्बन्धी कारोबारहरू लाभग्राहीहरूका बैंक खाताहरूबीच सोझै गर्न सकिनेछ ।

पहिलो चरणमा क्यापिटलका इकाइधनीहरूले एसआइपिमा आफ्नो मासिक वा त्रैमासिक लगानी गर्न र अन्य विभिन्न सेवाहरू पनि थपिने छन् ।

एनसिएचएलका विभिन्न भुक्तानी प्रणालीहरूको एकीकृत इन्टरफेसको रुपमा विकास गरिएको एनपिआईमा हाल ५५ सदस्य बैंक वित्तीय संस्थाहरू आबद्ध छन् ।

यस्तै,  पिएसपी÷पिएसओ, रेमिटेन्स कम्पनीहरु, मर्चेन्ट बैंक, सरकारी तथा अर्ध–सरकारी संस्थाहरू लगायतका १०० भन्दा बढी गैर—बैंकिङ संस्थाहरू इन्डाइरेक्ट÷प्राविधिक सदस्यका रुपमा आबद्ध छन् ।

मर्चेन्ट बैंकिङ, बीमा, सहकारी, लघुवित्त लगायतका विभिन्न क्षेत्रहरूमा भुक्तानी कारोबारहरूलाई डिजिटाइज गर्न एनपिएस अन्तर्गतका विभिन्न उपकरणहरू सञ्चालनमा रहेका छन् ।

कुमारी क्यपिटल कुमारी बैंकको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी हो ।

क्यपिटलले सन् २०१७ देखि मर्चेन्ट बैंकिङ, सल्लाहकार, लगानी  व्यवस्थापनदेखि डिपोजिटरी पार्टिसिपेन्ट लगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्