सुन तस्करीका नाइकेलाई जोगाउने काम नहोस्: राजेन्द्र लिङ्देन

Rajendra Lingden

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले भ्रष्टाचार काण्डमा सरकार जरोमा नपुगेको बताएका छन् ।

प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उनले नेपाल सुन तस्करीको ट्रान्जिट बनिरहेको बताए ।

‘केही भरियालाई पक्रेर सुन तस्करका नाइकेलाई जोगाउने काम नहोस्। जरासम्म पुगोस्,’ उनले भने, ‘अनुसन्धान प्रक्रिया अघि बढोस् ।’

उनले यस प्रकरणमा छानबिनका लागि आयोग बनाउनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्